stcnepal long ad
ime life insurance
national life
global ime bank long

शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार

नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोमार्फत लन्च हुने तयारीमा रहेको फक्सवागन भर्टुस शोरुममा आइपुगेको हो ।

फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल नेपालले ल्याएको सो नयाँ कारमा १.० लिटर टीएसआई इन्जिन जडान गरिएको छ । यद्यपी भारतिय बजारमा भने यो कार १.५ लिटर इन्जिन अप्सनमा समेत उपलब्ध छ ।

भारतमा उत्पादन भएको यस कारलाई फक्सवागनले कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको हो । कारमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ ।

आधुनिक क्याविन लेआउटमा सजिएको यस कारमा १० इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, सनरुफ, वायरलेस चार्जर र ८ वटा स्पीकरसहितको अडियो सिस्टम पाउन सकिन्छ । फक्सवागन भर्टुसले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

IME Lifesidebar
kumari