stcnepal long ad
ime life insurance
global ime bank long

अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच आज वार्ता गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज ९मंगलबार० वार्ता गर्ने कार्यक्रम छ।यो वार्ताअघि रुसी राष्ट्रपतिको कार्यालयले वार्ताका मुद्दाहरूलाई अन्तिम रूप दिइँदै गरेको बताएको छ।

रुसी समाचार एजेन्सी टासका अनुसार, रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टिभ विटकफसँग र विभिन्न स्तरका कुराकानी पनि ट्रम्प(पुटिन वार्ताको एजेन्डामा रहेको बताएका छन्।

पेस्कोभले भने, ‘सबै मुद्दा वार्ताको एजेन्डामा हुनेछन् तर स्पष्ट रूपमा युक्रेनको मुद्दा मुख्य हुनेछ। यी सबै कुरा राष्ट्रपतिका लागि तयार गरिनेछ।’

यसैबीच युक्रेनको विदेश मामिलासम्बन्धी संसदीय समितिका अध्यक्ष ओलेक्जान्डर मर्ज्कोले बीबीसीको सुन्ने कार्यक्रममा युक्रेन सम्बन्धी तीन सर्त उल्लेख गरेका छन्।

उनले युक्रेन आफ्नो सीमासँग सम्बन्धित कुनै पनि छुट दिन तयार नभएको र युक्रेनले यस विषयमा वार्ता नगर्ने बताएका छन्।साथै उनले भनेका छन्, ‘पुटिनले अन्तर्राष्ट्रिय संस्था, विशेष गरी नेटोको सदस्यताका सम्बन्धमा युक्रेनका लागि कुनै पनि निर्णय लिनु हुँदैन।’ उनले थपे, ‘हामी हाम्रो रक्षा क्षमताबारे पुटिनका कुनै पनि सल्लाहमा सहमत हुन सक्दैनौँ।’

prabhu mahalaxmi
kumari