पियोर इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आइपीओमा आवेदन दिने आज मंगलबार (चैत ५ गते) अन्तिम दिन हो । कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
आइपीओमा माग भन्दा बढी आवेदन परिसकेका कारण मंगलबार बैंकिङ समयपञ्चात बिक्री बन्द गरिने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयका लागि बिक्रीमा ल्याएको हो ।
यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन खुला गरिएको हो ।