प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।इन्स्योरेन्स कम्पनीले विभिन्न ५ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ७ दिनभित्र निवेदन दिनुपर्नेछ ।