stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।

घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।

विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए । करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।

prabhu mahalaxmi
kumari