बरुण हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ७३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।
पुससम्म कम्पनीले विद्युत बिक्रीबापत ६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबापत आम्दानी गरेको थिएन।
चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४ करोड ४६ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ भने २ करोड १२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.०७ रुपैयाँ, पीई रेसियो ३५.३७ गुणा र प्रतिशेयर नेटवर्थ ११६.५० रुपैयाँ रहेको छ।