stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन् २०२५ सम्ममा श्रीलङ्काले ३० लाख विदेशी पर्यटक भित्र्याउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलङ्का पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताउनुभयो ।

पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेको परेराले जानकारी दिनुभयो ।

परेराका अनुसार, दोस्रो चरणमा रूस, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, पोल्याण्ड, इटाली, स्क्यान्डिनेभिया क्षेत्रलाई लक्षित गरिने छ । यी अभियानका कारण अर्को वर्ष पर्यटक आगमनमा सात लाखले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

श्रीलङ्कामा अगस्ट १२ सम्ममा १२ लाखभन्दा बढी पर्यटक आइपुगेका छन् भने आगामी गरी अक्टोबरदेखि डिसेम्बरसम्म थप ११ लाख पर्यटक आउने अपेक्षा गरिएको छ । साथै, श्रीलङ्काले सन् २०२४ मा २३ लाख पर्यटक भित्रिने पूर्वानुमान गरेको छ ।

श्रीलङ्कामा पर्यटन क्षेत्र वैदेशिक राजस्व प्राप्त गर्नेमध्ये एक प्रमुख माध्यम हो । यहाँ पर्यटनबाट सन् २०२४ को पहिलो सात महिनामा एक अर्ब ८८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ ।

अघिल्लो बर्षको तुलनामा चालु बर्षमा पर्यटनबाट हुने आम्दानी ७३।३ प्रतिशतले बढेको श्रीलङ्काको केन्द्रीय बैङ्कले आफ्नो पछिल्लो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

IME Lifesidebar
kumari