stcnepal long ad
ime life insurance
national life
global ime bank long

१० अर्बको विकास ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  बिक्री गर्ने भएको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ भदौ ५ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै भदौ ६ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था,  बीमा कम्पनी तथा  नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।

यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।

IME Lifesidebar
kumari