stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिनियाँ कम्पनी बिवाइडीको विद्युतीय कारको व्यापारमा पनि चौधरी समूहको प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चौधरी समूहले दक्षिण एशियाली मुलुक श्रीलंकामा चीनियाँ ब्राण्ड बिवाइडीको विद्युतीय कार(इभी) बिक्रीका लागि श्रीलंकाली बहुर्राष्ट्रिय कम्पनीसँग साझेदारी गरेको छ।

विश्वमा सर्वाधिक बिक्री हुने विद्युतीय कारका रूपमा पहिचान बनाएको बिवाइडीको बढ्दो व्यापारबाट लाभ लिनका लागि चौधरी समूहको सिजी कर्प ग्लोबलले जोन किल्स होल्डिङ्गससँग साझेदारीका लागि सम्झौता गरेको हो।

जोन किल्स सिजी अटो प्रालि कम्पनीमार्फत् यी दुबै व्यापारिक घरानाले संयुक्तरूपमा कारको बिक्री गर्ने भएका हुन् ।जोन किल्स होल्डिङ्गसले सन् २०२३ देखि श्रीलंकाको बजारमा बिवाइडी कारको अधिकृत बिक्रेताको मान्यता पाएको हो।

चिनियाँ प्रतिनिधिहरूको उपस्थितिमा गत बुधबार राजधानीमा कोलम्बोमा संयुक्तरूपमा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कारको प्रदर्शनी कक्षको उद्घाटन गरेका छन् ।

जोन किल्स होल्डिङ्गसले आफ्नो खुद्रा व्यापार केन्द्रहरूमा विद्युतीय कार चार्जिङका स्टेशन निर्माण गर्ने भएको छ। इकोनोमी नेक्स्ट डट कमका अनुसार किल्सले ६ देखि १२ महिनामा ५० वटा नयाँ चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको छ। श्रीलंकामा यसअघि नै ३ सय वटा चार्जिङ स्टेशन सञ्चालनमा छन् ।

IME Lifesidebar
kumari