citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

खराब कर्जामा ढुबेपछि बंगलादेशले बैंकहरुको ‘फोर्स मर्जर’ गराउँदै

कमजोर बैंकलाई बलियामा गाभ्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

बंगलादेशको केन्द्रीय बैंक ‘बंगलादेश बैंक’ ले देशका बैंकहरुलाई फोर्स मर्जरमा लैजाने भएको छ । बंगलादेश बैंकले ८ देखि १० वटा कमजोर बैंकहरुलाई फोर्स मर्जरमा लैजाने योजना बनाएको बंगलादेशी पत्रिका ‘द बिजनेस स्टान्डर्ड’ ले उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले फोर्स मर्जरमा लैजानु अघि कमजोर बैंकहरुलाई बलिया बैंकसँग स्वैच्छिक मर्जरको लागि आग्रह गर्ने भएको छ ।

बंगलादेश बैंकले मर्जरमा जाने बैंकहरुलाई न्यूनतम पुँजी आवश्यकता, प्रोभिजनिङ, क्यास रिजर्भ रेसियो (सीआरआर) र वैधानिक तरलता अनुपात आवश्यकता, लिक्विडिटी कभरेज रेसियोलगायतमा नियामकीय छुटसहित प्रोत्साहन प्रदान गर्ने बताएको छ । यस्तो प्रोत्साहन कमजोर बैंकलाई गाभ्न बोलपत्र पेश गर्ने बलिया बैंकहरुले पाउनेछन् ।

बंगलादेश बैंकको मस्यौदा निर्देशिकामा तरलता सहायता, विदेशी विनिमय सहायता, बंगलादेश बैंकले गाभ्ने बैंकबाट कम दरमा दीर्घकालीन ऋणपत्र खरिद गर्ने विकल्प, पुँजी वृद्धि गर्न सेयर जारी पाउने, कर छुट र गुडविललाई सम्पतिको रुपमा गणना गर्न दिनेलगायतका प्रोत्साहन व्यवस्था गरिएको द बिजनेस स्टान्डर्डले उल्लेख गरेको छ ।

बंगलादेश बैंकले खराब कर्जाको भारी बोझमा डुबेका बैंकहरुलाई बचाउने पहलस्वरुप कमजोर बैंकहरुलाई बलिया बैंकमा मर्ज गराउने योजना बनाएको हो ।

मर्जर सफल भएमा कमजोर बैंकहरुको ८ खर्ब ४० अर्ब टाका बराबरको दायित्व बलिया बैंकहरुमा सर्नेछ ।

विभिन्न घोटालाहरुबाट प्रभावित १० वटा कमजोर बैंकहरुको कुल डिफल्ट लोन डिसेम्बर सन् २०२३ सम्ममा ५ खर्ब ४० अर्ब टाका बराबर रहेको छ । साथै, यी बैंकहरुमा ३ खर्ब टाका पुँजी अभाव रहेको छ ।

himalayan life insurance
igi long