stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ बिहीबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो। घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन्।

साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।

केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए। अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउँदै उनको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो।

यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उनी बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आएका थिए।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केही मन्त्रीहरु अहिले जेलमा रहेका छन्।

prabhu mahalaxmi
kumari