stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग, केमोथेरापीभन्दा कम पीडादायक हुने दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ।

बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरको नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।

क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला अर्थात् ‘ब्लीना ब्याकप्याक’ बिरामीले पिठ्युँमा बोकेर हिँड्डुल गर्न सक्नेछन् ।

यसका लागि अस्पताल जानु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केमोथेरापीले ठिक नभएका तर त्यसको असरले कमजोर भएका बिरामी आर्थरलाई नयाँ उपचार पद्धति ‘ब्लीना ब्याकप्याक’ दिन थालिएको हो ।

वयस्कहरुको भने यसअघि नै यो पद्धतिबाट उपचार हुन थालिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । तर बालबालिकाका लागि यो उपचार बढी प्रभावकारी र उपयुक्त रहेको विज्ञले बताएका छन् ।

नयाँ औषधि इम्युनोथेरापीमा आधारित छ । यसले क्यान्सर भएका कोशिकाको पहिचान गर्छ र शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले त्यसलाई नष्ट गर्छ ।

यसले स्वस्थ कोशिकालाई असर पुर्याउँदैन । तर, केमोथेरापीले शरीरका स्वस्थ कोशिकाको पनि नष्ट गर्ने खबरमा उल्लेख छ।

prabhu mahalaxmi
kumari