citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौतापूर्व ब्याजदर कटौती

kumari bank
Prabhu Insurance Long Ad
global bank

कोलम्बो । श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।

गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो देशले सबैभन्दा आवश्यक वस्तुहरूको आयातको लागि विदेशी मुद्राको अभाव भएपछि टापु राष्ट्रका दुई करोड २० लाख मानिसहरूको जीवन कष्टकर बनेको थियो ।

गत वर्षको सङ्कटको चरमोत्कर्षमा रहेको बेला महिनौंदेखि जारी नागरिक विद्रोहको बलमा तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई राजिनामा दिन बाध्य पारिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक सङ्केत देखिएको तर पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ बताएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले शुक्रबार महत्त्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदरमा पनि सोही रकम घटाएर ९.० प्रतिशतमा झारिएको छ ।

मौद्रिक नीति समितिले बजारको ब्याजदर, विशेषगरी कर्जाको ब्याजदरमा मौद्रिक सहजताका उपायहरूको द्रूत र पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिएको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको दुई अर्ब ९० करोड अमेरिकी डलरको चार वर्षे कर्जा रकममध्ये ३३ करोड अमेरिकी डलरको दोस्रो किस्ता प्राप्त गर्न सरकार असफल भएपछि पछिल्लो कटौती गरिएको हो ।

यद्यपि, केन्द्रीय बैंकले द्विपक्षीय ऋणदाताहरू र निजी ऋणपत्रधारकहरूसँग अर्को महिनाको सुरुमा ऋण सम्झौता गर्ने आशा व्यक्त गरेको छ ।

मार्चमा सुरु भएको आईएमएफ कार्यक्रमको पहिलो समीक्षापछि कोलम्बोले सेप्टेम्बरको अन्त्यसम्ममा कर्जाको दोस्रो किस्ता प्राप्त गर्न चाहेको थियो ।

तथापि, श्रीलङ्काले अन्य कुराहरूका साथै सहमत राजस्व लक्ष्यहरूभन्दा कम भएको र कर सङ्कलन बढाउन आवश्यक रहेको कोषले उल्लेख गरेको छ ।

सीबीएसएलले जुन, जुलाई र अक्टोबरमा तीन पटक गरिएको पछिल्लो दर कटौतीले अर्थव्यवस्थालाई पुनरुत्थान गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ ।

gold
himalayan life insurance long ad