macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

देशभर १२ सय र उपत्यकामा दैनिक ३५० युनिट रगत माग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।

नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रुपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताउनु भयो ।

उहाँले रक्तदाताहरुलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताउनु भयो । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैल्याइएको उहाँको भनाइ छ । उहाँले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैल्याउने काम भएको बताउनु भयो ।

‘‘रगत एउटा स्वस्थ मानिसबाट नै प्राप्त हुन्छ । यसको कुनै विकल्प छैन । स्वस्थ रगत दिने व्यक्तिहरुबाट नै स्वस्थ रगतको व्यवस्थापन हुने भएकाले यसको सबैभन्दा महत्त्वपूर्ण कुरा रक्तदाताहरुलाई मोटिभेसन गर्ने, रगत दिनुपर्छ भनेर नै हो ।

समुदायमा यो कुरा लैजान अति आवश्यक छ । रक्त दान गर्ने संघसंस्था र व्यक्तिलाई मोटिभेट गर्न आवश्यक छ ।

अहिले यो अलि कमी भएको हो की भन्ने महशुस भएको छ । रक्तदातालाई बढी मोटिभेसन गर्नसके रगत सङ्कलन ।,’’ उहाँले भन्नुभयो, ‘‘रगतको अभाव भन्नाले सबै रगतको अभाव होइन ।

रगतका विभिन्न ग्रुपमध्ये कुनै एउटा ग्रुपको रगत कमी हुँदा रगतनै अभाव भयो भन्ने भ्रम जान्छ । रगतको कमी नहोस् भनेर हामी लागिरहेका छौँ । मागअनुसारको रगत व्यवस्थापन गर्न सकिन्छ भनेर नै हामी लागिपरेका छौँ ।’’

रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका महामन्त्री थापाले चाडपर्वहरुमा रगत सङ्कलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको बताउनु भयो ।

नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गर्नुभयो । उहाँले रगत पाइँदैन भन्नेकुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि जानकारी दिनुभयो ।

‘‘चाडपर्वहरुमा रगत कमी हुन्छ, त्यो बेला दान गर्ने मानिस कम हुन्छन् । तर त्यसको व्यवस्थापन हामीले गरिरहेका छौँ । नेपाल रेडक्रस सोसाइटीले मात्रै यसको चिन्ता गरेर, ब्लडको व्यवस्थापनको जिम्मेवारी पूरा गर्ने भूमिका त हामीले नै खेल्नुपर्छ तर डोनेशनका लागि तयार गर्ने जिम्मेवारी सबैको रहन्छ नै ।,

’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने कहिल्यै ब्ल्डको कमी हुँदैन । हामी अब चाँडै नै बढी भन्दा बढी सङ्कलन गरेर रगतको व्यवस्थापन गर्नेछौँ, पाइँदैन भन्नेकुराको अन्त्य गर्न लागिरहेका छौँ ।

काठमाडौं उपत्यकाका लागि हामीले केही ब्लड इमर्जेन्सीका लागि केही ब्लडको व्यवस्थापन गरिरहेका छौँ ।’’

त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताउनु भयो ।

उहाँले वार्षिक रुपमा रगतको माग गर्नेको सङ्ख्या साढे ४ लाख रहेको बताउनु भयो । काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौंमा एक लाख ३० हजार टनको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

निर्देशक पौडेलले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

देशमा चाहिने मात्राअनुसारको रक्तदाताको सङ्ख्यामा कमी रहेको बताउनुभयो । युवा र महिलाहरुलाई यसबारे सचेत बनाउनसके रक्तदाताहरु बढ्ने उहाँको भनाइ छ ।

नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताउनु भयो । उहाँले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरुको आपसी समन्वय आवश्यक रहेको पनि बताउनु भयो ।

himalayan life insurance
igi long
NTA long ad