stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इजरायली सेनाले मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीले गाजा शहर छाडे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इजरायली सेनाले दक्षिणी गाजा जाने मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीहरूले गाजा शहर क्षेत्र छोडेको इजरायलले जनाएको छ ।

हमासले उत्तरमा नियन्त्रण गुमाएको दाबी इजरायली सेनाले गरेको छ । केही हप्तादेखि इजरायलले गाजाको उत्तरी भाग सुरक्षित भएको बताउँदै मानिसहरूलाई दक्षिणतिर जान भनेको थियो ।

तर उत्तर र दक्षिण दुबै ठाउँमा ईजरायलले हवाई हमला गरेको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

गाजामा मारिएका सर्वसाधारणको संख्याले इजरायलको सैन्य कारबाही स्पष्ट रूपमा गलत भएको देखाएको संयुक्त राष्ट्र संघका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

यसैगरी संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजा स्ट्रिपमा प्यालेस्टाइनीहरूले जीवनको अति नै कठिन परिस्थितिको सामना गरिरहेको बताउदै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

साथै उनले इजरायल र हमास दुवैलाई युद्ध अपराधको आरोप समेत लगाएका छन् । तर इजरायलका नेतान्याहूले गाजामा बन्दीहरूलाई रिहा नगरी युद्धविरामको सम्भावनालाई फेरि अस्वीकार गरेका छन् ।

अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा १० हजार ५६९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने इजरायलमा सोही अवधिमा मृत्यु हुनेको संख्या १ हजार ४ सय भन्दा बढी छ । मृत्यु हुने मध्ये ४ हजार ३ सय भन्दा बढी बालबालिका रहेका छन् ।

prabhu mahalaxmi
kumari