आज सानिमा माई हाइड्रोपावरको साधारण सभा
सेयरधनीलाई बोनस

काठमाडौं । आज कात्तिक २३ गतेसानिमा माई हाइड्रोपावरको साधारण सभा बस्दैछ । यस हाइड्रोपावर कम्पनीले १० % बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले असोज २४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
२३ कात्तिक २०८०, बिहीवार ०७:१० बजे प्रकाशित