citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाईफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

भैरहवा । सिटिजन लाईफ ईन्स्योरेन्सको सिद्धार्थनगर ९,भैरहवा शाखाले मृतकको परिवारलाई बीमा दाबी भुक्तनी गरेको छ । कालगतिले निधन भएकी स्व।सरस्वती लोनियाको छोरा सन्दिप लोेनियालाई मृत्यु दावी भुक्त्तानी वापत १ लाख २५ हजार को चेक हस्तान्तरण गरिएको जनाएको छ । ५५ वर्षिया लोनियाको यहि मिति २०७७ भदौ ७ मा आफ्नै निवासमा निधन भएको थियो ।

तिलोत्तमा न.पा.१३, विसौरिया ,रुपन्देही निवासी स्व।सरस्वती लोनियाले सिटिजन शुभारम्भ योजना अन्तर्गतको १ लाखको १५ वर्षे बीमा योजना खरिद गरि पहिलो किस्ता ५,६३० रुपैयाँ बझाएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. भैरहवाका एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न.पा.वडा नं. १३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी शाखा प्रमुख रवि काफ्ले लगायतले संयुक्त रुपमा लोनियालाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. भैरहवा एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न.पा.वडा नं. १३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी रवि काफ्ले एवं एजेन्सी म्यानेजर लगाएतको उपस्थिति रहेको थियो।

IME Life
kumari