प्राइम लाइफ इन्स्योरेन्सको १५% लाभांश घोषणा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले १५% लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसर्थ, कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
यो लाभांश बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । प्राइमले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
हाल यसको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ ह्जार ७९७ रुपैयाँ रहेको छ । बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
























