जीवन बीमाक संघका अध्यक्ष थापाकाे बीमा प्राधिकरणका अध्यक्ष पराजुलीसँग भेटवार्ता
काठमाडौं । जीवन बीमक संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापासँग भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
जीवन बीमक संघका अध्यक्ष प्रविन रमण पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष थापालाई भेटेर बधाई ज्ञापन गरेको छ। भेटका क्रममा संघका प्रतिनिधिहरूले थापाको नेतृत्वमा नेपालको बीमा क्षेत्र थप व्यावसायिक, पारदर्शी र व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिमण्डलले अध्यक्ष थापाको अनुभव, कार्यक्षमता र नेतृत्वले बीमा क्षेत्रको नियामकीय व्यवस्थालाई थप प्रभावकारी तथा समयसापेक्ष बनाउन योगदान पुग्ने अपेक्षा गरेको छ।
भेटमा जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, यसले सामना गरिरहेका चुनौती तथा सम्भावित अवसरबारे छलफल भएको थियो। त्यस्तै, बीमाको पहुँच र दायरा विस्तार, बीमाप्रतिको जनविश्वास अभिवृद्धि, बीमा साक्षरता प्रवर्द्धन तथा सेवाको गुणस्तर सुधारका विषयले समेत प्राथमिकता पाएका थिए।
संघका प्रतिनिधिहरूले बीमा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधार, व्यावहारिक नियामकीय व्यवस्था र संस्थागत क्षमता अभिवृद्धिमा प्राधिकरणसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जवाफमा अध्यक्ष थापाले प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै बीमा क्षेत्रको समग्र विकास, स्थायित्व, पारदर्शिता र सुशासन अभिवृद्धिका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
जीवन बीमक संघले अध्यक्ष थापाको कार्यकालमा नेपालको बीमा क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वाससमेत व्यक्त गरेको छ























