citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ज्योति लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुनः राजेश हमाल

kumari bank
Prabhu Insurance Long Ad
global bank

२०७६ फागुन १ गते काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत (ब्राण्ड एम्बेसडर) मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता गरेको छ ।
कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनःआवद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।
छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद नाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावनादुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि खुसी लागेको राजेश हमालले बताए ।

gold
himalayan life insurance long ad