citizens life insurance long ad
stcnepal long ad

मापसे गरी सवारी चलाउने क्रम रोकिएन, २४ घण्टामै उपत्यकामा ६४ चालक कारबाहीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी तीव्र गतिमा ७३, हर्न निषेधमा ४, लेन क्रसमा २, अवस्था ठीक नभएको ८, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

IME Life
kumari