citizens life insurance long ad

नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले दुवै जनाको नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।

कम्पनीले सोमबार नेप्सेमा पठाएको सूचनाअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले भदौ २९ गते पठाएको पत्रका आधारमा पौडेलको नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको एक पदमा अधिकारीलाई नियुक्त गरिएको छ । उनको नियुक्तिलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी निर्णय भएको कम्पनीले जनाएको छ ।

दुवै नियुक्तिसँगै कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व थपिएको छ। अधिकारीको नियुक्ति भने आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ ।

IME Life
kumari