citizens life insurance long ad
stcnepal long ad

दशैँको बिदा सकिएसँगै काठमाडौँ फर्कने सर्वसाधारणको चाप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। दशैँ मनाउन गाउँघर गएका मानिसहरू बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कहरूमा यात्रुको चहलपहल र चाप बढेको छ।

रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिकहरू दशैँको टीका, जमरा र पारिवारिक भेटघाट सकिएपछि आफ्नो नियमित कर्मथलोमा फर्किरहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालनमा आउन थालेकाले राजधानी फर्किने यात्रुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

यात्रुको आवागमन सहज र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले प्रमुख नाकाहरूमा सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ।

उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा (थानकोट), साँगा (भक्तपुर), मुड्खु (बालाजु), फर्पिङ (बल्खु) र टोखा (छहरे) क्षेत्रमा सवारीसाधन र यात्रुको बाक्लो चाप देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

IME Life
kumari