citizens life insurance long ad
stcnepal long ad

नयाँ बजाज पल्सर एनएस १२५ को पहिलो झलक सार्वजनिक

नयाँ ग्राफिक्ससँगै एलसीडी डिस्प्ले र स्लिम एलईडी इन्डिकेटर थपिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय १२५ सीसी मोटरसाइकल पल्सर एनएस१२५ को अपडेटेड संस्करण डिलरसिपमा आउने भएकाे छ । डिलरसिपमा देखिएपछि सो मोटरसाइकलको डिजाइन, इन्स्ट्रयुमेन्ट कन्सोल र स्विचगियरसम्बन्धी थप विवरण बाहिरिएको छ ।

सार्वजनिक तस्बिरमा मोटरसाइकललाई चम्किलो कालो बडी कलरमा देखाइएको छ। यसमा फ्लोरोसेन्ट यल्लो ग्राफिक्स र कन्ट्रास्टिङ ग्रे प्यानल प्रयोग गरिएको छ।

यसको इन्धन ट्याङ्कीको एक्सटेन्सनमा १२५ लेखिएको ग्राफिक्स राखिएको छ भने बेली काउल, रियरको प्यानल र ह्विल रिममा पनि मिल्दोजुल्दो हाइलाइट दिइएको छ।

नयाँ पल्सर एनएस १२५ मा मस्कुलर फ्युल ट्याङ्की, एङ्गुलर ट्याङ्की श्राउड, स्प्लिट सिट र छुट्टाछुट्टै पिलियन ग्र्याब रेल उपलब्ध हुनेछ ।

साथै हेडल्याम्पको डिजाइन, अन्डरबेली एक्जस्ट र ट्विन-सेक्सन टेलल्याम्पको बनावट पनि पहिलेको मोडलकै जस्तो हुनेछ । यसको डिजाइनमा खासै परिवर्तन नगरे पनि नयाँ संस्करणमा केही महत्त्वपूर्ण फिचर थप गरिएको छ।

रिपोर्टका अनुसार नयाँ पल्सर एनएस १२५ को इन्स्ट्रयुमेन्ट कन्सोलमा एलसीडी डिस्प्ले समावेश गरिएको छ, जसको बीचमा स्पिडको डिटेल्स, गियर पोजिशन इन्डिकेटर र टेकोमिटर दिइएको छ । साथै यसमा टाइम, ट्रिप मिटर, फ्युल गेज र फ्युल इकोनोमीको जानकारी पनि देखाउँछ ।

पुरानो मोडलमा रेन, रोड र अफ रोड गरी ३ मोड थियो तर नयाँ मोडलमा अब स्पोर्ट मोड पनि थपिएको छ । सार्वजनिक भएको तस्विर अनुसार नयाँ पल्सर एनएस १२५ को राइड ह्यान्डको स्विचगियरमा रेड कलरको इमरर्जेन्सी बटन पनि दिइएको छ, जसले इन्जिन रन/स्टप कन्ट्रोलको माथि राखिएको छ । इन्स्ट्रयुमेन्ट डिस्प्लेको लेफ्ट साइटमा यूएसबी टाइप सी चार्जिङ पोर्ट पनि दिइएको छ ।

IME Life
kumari