macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति  बैठकले नेपाल  इन्स्योरेन्स कम्पनीले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १४ करोड ९४ लाख ७६ हजार ५३९ रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।

यस्तै, नगदमा ७८ लाख ६७ हजार १८६ रुपैयाँ खर्च गर्नेछ । अब नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यस कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad