macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआईसी एसिया लघुवित्तको पुस ६ गते वार्षिक साधारणसभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

वार्षिक साधारणसभा ले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षका लागि संस्थाले चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव संस्थाले गरेको छ।

सभाले संस्थापक समूहबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभालाई ध्यानमा राखेर संस्थाले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

himalayan life insurance
igi long
NTA long ad