stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारण सभा पुस २८ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २७ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ। फाइनान्स कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीको राजविराजस्थित फाइनान्स कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा बस्ने निर्णय गरेको हो।

यस फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

साधारण सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारितका लागि पेश गरिनेछ भने चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

prabhu mahalaxmi
kumari