stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थाले

नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस लगायतका देशमा बढी जाने गरेका छन् ।

विभागका अनुसार आर्थिक वर्षमा २०८२/८३ को १० महिनामा युरोपका छ वटा देशमा जान ६० हजार ४३९ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को १० महिनामा युरोपका रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, साइप्रस, माल्टालगायतका देशमा जान ४५ हजार २७३ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षमा युरोपको यस अवधिमा रोमानियामा २८ हजार ५९४ जना, क्रोएसिया १४ हजार, पोर्चुगल सात हजार ३४८ जना, माल्टा पाँच हजार २३९, साइप्रस छ हजार ५३९ जना, माल्टा अस्ट्रियामा एक हजार सात सय जना गएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने बढेसँगै युरोप जानेको सङ्ख्या पनि बढेको बताउनुभयो ।

युरोपमा खाडीको तुलनामा काम र कमाइका हिसाबले आकर्षण हुने भएकाले पढेलेखेका युवा युरोप जाने गरेका उहाँको बुझाइ छ ।

युरोप रोजगारीमा जाने अधिकांश युवा व्यक्तिगत भिसामा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च छ । विभागका अनुसार पछिल्लो १० महिनामा युरोपका चाररपाँच देशमा ६० हजार ४३९ जना गएकोमा व्यक्तिगत रूपमा जाने ५७ हजार ९४८ र संस्थागत रूपमा जाने दुई हजार ४५१ जना मात्रै छन् ।

पहिलो आकर्षण रोमानियामा

नेपाली युवाका लागि रोमानिया पहिलो आकर्षण गन्तव्य बनेको छ । विभागका अनुसार चालु आवको १० महिनामा २८ हजार ५९४ जना श्रम स्वीकृति लिएर रोमानिया गएका छन । गत आर्थिक वर्ष २०८१/८२ मा रोमानियाका लागि २७ हजार ८७४ जनाले श्रम स्वीकृति लिएका थिए ।

यस्तै आर्थिक वर्ष२०८०/८१ मा १५ हजार २१ र आव २०७९/८० मा १४ हजार २२५ जना रोमानिया गएका थिए । रोजगारका जानकार रामेश्वर नेपालले रोमानियालाई युरोप छिर्ने ‘गेटवे’ का रूपमा धेरै लिने गरेको बताउनुभयो ।

नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ । त्यसो त कतिपय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगार नीतिविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा पठाउँदै आएको पाइएको छ ।

युरोप रोजगारी व्यक्तिगत रूपमा श्रमिक पठाउन अवैधानिक रहेको अवस्थामा व्यक्तिगत रूपमा श्रम स्वीकृति दिने नाममा प्रतिव्यक्ति रोजगारीमा जानेबाट असुली हुने गरेको अवस्था छ । यसरी असुली हुने रकम न्यूनतम सातरआठ लाखदेखि १५/१६ लाख रुपियाँसम्म रहने गरेको पाइन्छ ।

 

prabhu mahalaxmi
kumari