stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा फेरि वृद्धि भएको छ।

तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेका छन्। यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।

सर्वसाधारणका लागि महँगीको यो झट्का नयाँ होइन। मे महिनामा मात्रै इन्धनको मूल्य बढेको यो चौथो पटक हो। यसअघि मे १५ मा ३ भारु, मे १९ मा औसत ९० पैसा र मे २३ मा पनि पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको थियो। दिल्ली बाहेक अन्य महानगरहरू मुम्बई, कोलकाता र चेन्नईमा पनि पेट्रोलको मूल्य प्रति लिटर १०७ देखि ११३ भारुको बीचमा पुगेको छ।

इन्धनको मूल्य बढ्नुको मुख्य कारण इरान र अमेरिकाबीचको बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रूड आयल) को मूल्यमा आएको उतारचढाव हो।

द्वन्द्व सुरु हुनुअघि प्रति ब्यारल ७० डलर रहेको कच्चा तेलको मूल्य अहिले १०० डलर नाघेको छ। भारतले आफ्नो आवश्यकताको करिब ९० प्रतिशत कच्चा तेल आयात गर्ने हुनाले अन्तर्राष्ट्रिय बजारको सिधा असर यहाँको मूल्यमा परेको समाचारमा उल्लेख छ।

तेल कम्पनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण उनीहरूलाई मासिक करिब ३० हजार करोड भारु घाटा भइरहेको थियो, जसको भर्पाई गर्न मूल्य बढाउनु परेको हो।

prabhu mahalaxmi
kumari