राष्ट्र बैंकबाट पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिन अन्तिम स्वीकृति
काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ। दुई फाइनान्स कम्पनी गाभ्ने-गाभिने सम्बन्धमा राष्ट्र बैंकले आज बुधबार अन्तिम स्वीकृति दिएको हो।
योसँगै पोखरा र समृद्धि फाइनान्स गाभिने बाटो खुलेको छ। दुवै कम्पनीका सञ्चालक समिति र साधारणसभाले मर्जरको स्वीकृति दिइसकेका छन्।

























