stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मञ्जुश्री फाइनान्सले पायो ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’ प्राप्त गरेको छ । न्यू बिजनेश एसद्वारा आयोजित ‘दशौँ न्यू बिज कन्क्लेभ एण्ड बिजनेश एक्सिलेन्स अवार्ड, २०२६’ अन्तर्गत मञ्जुश्रीले ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’ अवार्ड प्राप्त गरेको हो ।

उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस  अवार्डले  कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा  विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले बताएको छ ।

prabhu mahalaxmi
kumari