stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुहेश्वरी फाइनान्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुह्येश्वरी फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार फाइनान्सले जारी गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो आर्थिक वर्षको नवौं महिनासम्ममा नाफा वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा कम्पनीले कुल ४ करोड ५५ लाख ६७ हजार रुपियाँ नाफा गरेको छ । जुन अघिल्लो आवको यही समयमा ३ करोड २४ लाख ९२ हजार रुपियाँ थियो ।

यो त्रैमासमा भने फाइनान्सको नाफा केही घटेको छ । अघिल्लो वर्षको यही समयमा ५ करोड ४३ लाख ७१ हजार रुपियाँ नाफा कमाएको फाइनान्सले यो वर्षको तेस्रो त्रैमासमा २ करोड ८७ लाख २० हजार नाफा गरेको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ। चालु वर्षमा ६ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले अघिल्लो वर्ष सोही अवधिमा ५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो। यद्यपि, कुल सञ्चालन आम्दानीमा भने गिरावट आएको छ।

कम्पनीको कुल सञ्चालन आम्दानी ८ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ११ करोड २५ लाख  रुपैयाँ रहेको थियो। यसले कम्पनीको समग्र आम्दानीमा दबाब परेको संकेत गर्छ ।

त्यसैगरी, सञ्चालन नाफा पनि घटेर ४ करोड रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ७ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।

prabhu mahalaxmi
kumari