citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हिमालयन हाइड्रोपावरको १७औं वार्षिक साधारणसभा पुस २६ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १७औं वार्षिक साधारणसभा पुस २६ गतेका लागि बोलाएको छ ।

मंसिर २८ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा बिहान ११ बजेदेखि बस्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव राखेको छैन ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म शेयरधनी बन्नेले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

gold
himalayan life insurance long ad