stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

माउन्टेन इनर्जी नेपालको एघारौं वार्षिक साधारणसभा पुस २८ गते

लाभांश र हकप्रद प्रस्ताव

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले एघारौं वार्षिक साधारण सभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ।

साथै बोनस शेयर वितरणपछि हुने चुक्ता पूँजीको १ः०.५० अनुपातमा १ करोड ३० लाख १३ हजार ५७८.५४ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एक महिला सञ्चालक निर्वाचन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा पुस ९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा बिहान १० बजे  बस्ने निर्णय गरेको हो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long