stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वास्थ्य क्षेत्रमा आमूल सुधार हुँदैछ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालय सम्हालेको एक सय दिन पूरा भएको अवसर पारेर गत साउन २६ गते शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना भयो । सो कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,स्वास्थ्य मन्त्री बस्नेत, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य आर. पि. विच्छा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंह, मन्त्रालयका उच्च अधिकारी, विभिन्न अस्पतालका निर्देशक, विभिन्न अस्पतालका कर्मचारी, चिकित्सक, दातृ निकायका प्रमुखहरु सहितको ठूलो सहभागिता रहेको थियो ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो मन्त्रीपरिषदमा सबैभन्दा बढी डाइनमिक र इनरजेटिक मन्त्री भएर काम गरेको बताए। त्यो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताएर उनको कामको राम्रो प्रशंसा गरे । स्वास्थ्य मन्त्री बस्नेतले गरेका स्वास्थ्य सुधारका कामबाट मन्त्रीपरिषद्का सदस्यहरु समेत निकै प्रभावित भएको बताउदै प्रधानमन्त्री प्रचण्डले क्याविनेटमा स्वास्थ्य मन्त्री बस्नेतले आफुले गरेका कामको ब्रिफिङ गर्दा उहाँको काम देखेर सबै मन्त्रीहरुको आङ नै जिरिङ्ग हुने बताएका थिए । यसरी स्वास्थ्य मन्त्री बस्नेतको स्वास्थ्य सुधारको कार्ययोजना,काम र कार्यशैलीबाट प्रधानमन्त्री स्वयम् सन्तुष्ट हुँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण आफू हौसला प्रदान गर्न कार्यक्रममा आएको बताएर उनको कामको मुक्तकन्ठले प्रशंसा गरे ।

सो कार्यक्रममा प्रधानमन्त्रीले सबै मन्त्रीहरुसँग आफुले कार्यसम्पादन सम्झौता गरेको जानकारी दिदै मन्त्री बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले शत प्रतिसत सफलता प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका थिए। नेपालको नर्सिङ अध्ययनका क्षेत्रमा निकै समस्या रहेको र प्रधानमन्त्रीले यसमा नीतिगत सुधार गरेर पढ्नका लागि विदेश जानु पर्ने र त्यतैबाट रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपरेको पनि बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सय दिनको कार्यकालमा आफूले विपन्नको निस्शुल्क उपचारका लागि संघीय अस्पतालका ३ हजार ५ सय २३ बेड निस्शुल्क गरेको, संघिय अस्पतालहरूको ओपिडि सेवा बिहान ८ बजेदेखि ५ बजेसम्म गरेर सहज रूपमा उपचार हुने व्यवस्था मिलाएको, काजमा बसेका चिकित्सक,नर्स,ल्याव टेक्निसियन र अन्य कर्मचारीहरूलाई साउन महिनादेखि दरबन्दीमा नै फिर्ता पठाएको,भिआईपी तथा भिभिआईपीका लागि वीर अस्पतालमा पाँच वटा क्याबिन उपचार कक्ष थप गरेको, स्वास्थ्य वित्तिय रणनीति र स्वास्थ्य रणनीति पारित गरेको, निजी अस्पतालमा समेत १० प्रतिशत बेड असहाय,गरिब र विपन्न वर्गका लागि निस्शुल्क गर्नै पर्ने व्यवस्था कडाइका साथ लागु गरेको लगायतका काम गरेको बताएका थिए। उनले आगामी ६ महिनामा जनताले महसुस हुने गरि स्वास्थ्यमा सुधारका काम गर्ने र अब पैसा नभएर कुनै पनि नेपालीले मर्नु नपर्ने व्यवस्था गर्ने दावी पनि गरेका थिए।

बास्तवमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सुधारका राम्रै कामको थालनी गरेका छन। अब उनले भने जस्तै पैसा नभएर कसैले पनि स्वास्थ्य सेवाबाट बन्चित हुन नपर्ने वातावरण गरिदैछ। केही अस्पतालका निर्देशकहरू सरूवा गरेर त्यसको सुरूवात गरिसकेका छन। सरकारी स्वास्थ सेवाका क्षेत्रमा धेरै विकृति र विसंगतिहरू छन,त्यसलाई सुधार्न आवश्यक छ। मन्त्री बस्नेतले केही सुरूवात गरेका छन।

अब त्यसमा थप सुधार गर्दै जटिल र ठुला रोग जस्तै मृगौला, क्यान्सर, मुटु, कलेजो, फोक्सो, पेट,दिमाग,टाउको र मेरूदण्डको उपचारलाई पनि सस्तो,निस्शुल्क गर्न सरकारले पहल गर्नु पर्दछ। दुर्गम,हिमाली र पहाडी क्षेत्रमा पनि चिकित्सक,नर्स,ल्याव,ल्याव टेक्निसियन र चिकित्सिय उपकरण लैजान पनि मन्त्री बस्नेतले ध्यान दिनु पर्दछ। दुर्गम,हिमाल,पहाडी क्षेत्रमा प्रयाप्त चिकित्सक पुरयाउन दुर्गम क्षेत्रमा अनिवार्य दस वर्ष सेवा दिने गरि अब पाँच हजार चिकित्सकको दरबन्दी सिर्जना गरि लोकसेवा आयोग मार्फत प्रत्येक पालिकाका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र,आधारभूत स्वास्थ्य केन्द्रमा चिकित्सक पुरयाउन सकेमा संघिय र प्रदेश स्तरका अस्पतालमा विरामीको चाप पनि घटछ, विरामी हुने बित्तिकै आफ्नै वडा र नगरपालिका वा जिल्ला अस्पतालमा उपचार सवा पाउने वातावरण बन्नेछ। यसरी पाँच हजार चिकित्सकको दरबन्दी सिर्जना गरि पदपूर्ति गरेर पठाउन सकेमा नेपालको स्वास्थ्य क्षेत्र आम जनताका लागि सहज हुनेछ,स्वास्थ पहुँच पुग्नेछ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्यका नीति बनाउदा योजना आयोगले सहजिकरण गर्ने बताएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा मन्त्रालयले धेरै काम अगाडि बढाएको बताउदै नेतृत्व गतिलो भएपछि कर्मचारीले दायाँबाया गर्ने अवस्था नआउने बताएका थिए । यसरी मन्त्रीको राम्रो कामको सबैले मुक्तकन्ठले प्रशंसा गरेका थिए। मन्त्री बस्नेतको विगत जेजस्तो भएपनि अहिले उनले धेरै राम्रो काम गरेर जनताको नजरमा उदाहरणीय मन्त्री बनेका छन। उनले अब स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्छन भन्ने जनताले विश्वास गरेका छन।

 

IME Lifesidebar
kumari