stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

यस्तै महासंघको खुल्ला उपाध्यक्षमा विश्वराज तामाङ, महिला उपाध्यक्षमा अञ्जना शिल्पकार, संस्थागत उपाध्यक्षमा अर्जुन जम्नेली राई र अल्पसंख्यक उपाध्यक्षमा यमन राइडाने निर्वाचित भएका छन् ।

यस्तै फोनिजको महासचिवमा समीर बलामी, खुल्ला सचिव मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी अस्था मगर, संस्थागत सचिवमा सुनिल महर्जन तथा महिला सचिवमा माला पालुङवा लिम्बु र मिला दराई निर्वाचित भएका छन् ।

यसैगरी फोनिजको कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा लक्ष्मी स्याङतान (कमला) निर्वाचित भएकी छिन् ।

यस्तै फोनिजको प्रदेश इन्चार्जतर्फ प्रदेश १मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बीनीमा गजेन्द्र गुरूङ, कर्णालीमा रत्न सुनुवार र सुदुरपश्चिममा राम लखन चौधरी निर्वाचित भएका छन् ।

यस्तै फोनिजको केन्द्रीय सदस्यहरुमा अतित योङहाङ, प्रदीप कुमार चौधरी (बस्मैत), प्रज्वल श्रेष्ठ, प्रविन श्रेष्ठ, अमिर लामा, प्रदीप कुमार लेखी (संस्थागत), साहिला तामाङ (संस्थागत), दानबहादुर गुरूङ  (संस्थागत),  श्याम  राना  मगर  (संस्थागत),  सुरवीर  बज्राचार्य  (संस्थागत)  निर्वाचित भएका छन् ।

त्यसैगरी विनु चेपाङ (महिला), रत्ना गुरूङ (महिला), सरस्वती श्रेष्ठ (महिला), प्रतिमा चौधरी (महिला), मिक्साङ वाइबा तामाङ(महिला), सुप्रिया राई (महिला), भूमिका फियाक लिम्बु (महिला) र रिया आले (महिला) रहेका छन् ।

यसैगरी संगीता चेपाङ र प्रतिम भुजेल अल्पसंख्यकबाट फोनिजको केन्द्रीय सदस्‍य निर्वाचित भएका छन् भने विदेशतर्फ विनोद श्रेष्ठ निर्वाचति भएका छन् । फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई र लेखा समिति सदस्‍यमा प्रवीण कुमार गाहा मगर निर्वाचित भएको अध्यक्ष लक्की चौधरीले बताए ।

उनका अनुसार ८ प्रदेशमध्ये उपत्यका प्रदेशमा प्रतिनिधि नभएकाले उपत्यकाको इन्चार्जमा निर्वाचन नभएको हो। अध्यक्ष चौधरीले महाधिवेशपछि उपत्यकाको इन्चार्ज पनि तोकिने बताए ।

IME Lifesidebar
kumari