evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

डिम्याट शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटको आग्रह

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालय मार्फत चालू आर्थिक वर्ष ०८०/०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बापत प्रत्येक आर्थिक वर्षको १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउन भनेको हो ।

खातावालाहरूले सनराइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

खातावालाले नवीकरण बापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन् ।

त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्क समेत बुझाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । पनि हितग्राहीको डिम्याट खाता

त्यसैगरी सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउन समेत भनिएको छ ।

 

igi long
himalayan life insurance long ad