लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न
सेयरधनीलाई११ प्रतिशत लाभांश
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ ।
साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले आव २०८२/८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
आव २०८३/८४ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय समेत साधारण सभाले गरेको छ ।
नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि यस कम्पनीले नेपालको धितोपत्र बजारको विकास, बिस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको क्यापिटलले जनाएको छ ।
कम्पनीले करिब ६ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड गरी करिब ७ अर्ब बराबरको म्युचुअल फण्ड सफलतापुर्वक संचालन गर्दै आएको छ ।
साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले निर्धारित लक्ष्य अनुरुप पूँजी संकलन गरी दिगो ऊर्जाका क्षेत्रहरुमा लगानी गर्दै आइरहेको छ ।






















