सपोर्ट लघुवित्तको बोनस सेयर सेयरधनीहरूको खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट १३ प्रतिशत बोनस सेयर पारित गरेको थियो। साधारणसभाका लागि गरेको बुकक्लोज अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।

सेयर धितो बन्धक राखेर कर्जा लिएका हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari