stcnepal long ad
ime life insurance
global ime bank long

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १(० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।

कोलम्बियाको जितमा जेफर्सन लर्माले गोल गरे। उनले ३९ औँ मिनेटमा हामेस रोड्रिगुएजको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको कोलम्बियाविरुद्ध उरुग्वेले त्यसको फाइदा उठाउन सकेन। यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुगेको हो। यसअघि सन् २००१ मा आयोजित संस्करणमा फाइनल पुगेर पछि उपाधि नै जितेको थियो। समग्रमा तेस्रो पटक फाइनल पुगेको हो।

सन् १९७५ मा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको थियो। अर्जेन्टिना कीर्तिमानी १६ औँ पटक कोपा अमेरिका जित्ने प्रयासमा छ।

सन् २०२१ मा ब्राजिललाई हराएर अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको थियो।

prabhu mahalaxmi
kumari