citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड

आकार बढाएर साढे १२ करोड पुर्याइयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड गरिएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज २८ गते निष्कासन गरिएका इकाई बाँडफाँड गरेको हो।

मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई पुर्‍याइएको थियो।

मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको थियो। उक्त इकाईका लागि असोज १ गतेदेखि असोज ८ गतेसम्म आवेदन खुला गरिएको थियो।

निष्कासन अवधिमा मागभन्दा बढी आवेदन परेपछि प्रचलित कानुनअनुसार योजनाको आकार बढाएर १२ करोड ५० लाख इकाई कायम गरिएको कम्पनीले जनाएको छ। रीतपूर्वक आवेदन दिएका आवेदकलाई सोही परिमाणमा इकाई बाँडफाँड गरिएको हो।

IME Life
kumari