citizens life insurance long ad
stcnepal long ad

नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रोमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा नबिल स्टक डिलरले ६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.५१ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३।२१ प्रतिशतले कम हो।

अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले ९ लाख ६३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र रिटेन्ड अर्निङ १११.५२ प्रतिशतले बढेर १२ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भ र रिटेन्ड अर्निङमा ५ करोड ९८ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.७८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३।९४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३३ रुपैयाँ रहेको छ।

IME Life
kumari