macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइबीएल स्टेबल फन्डमा आजदेखि आवेदन दिन सकिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइएमबी एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि नयाँ म्युचुअल फन्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआइबीएल स्टेबल फन्ड’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।

जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यो बन्दमुखी योजना हो । यसमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री  नभएमा माघ १६ गतेसम्म  खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad