सराङकोट बहुउद्देश्यीय सहकारी संस्था सम्मानित
पोखरा । सहकारीको माध्मले समाजमा विविध रचनात्मक कार्यहरु गरिएको कदर स्वरुप सराङकोट बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।
पोखरा स्थरीय स्वास्थ्य सेवा अर्नगत गुणस्तरीय ल्याव सेवा दिने उद्देश्यले स्थापीत स्टार डाईग्नोष्टीक सेन्टरले सराङकोट सहकारी लगायत गोल्डेन सहकारी,नव सिर्दाथ महिला सहकारी , रामघाट आमा समुह ,तमु लेहु स्याङ्गजा ,तमु समाज ,लायन्स क्लव फिस्टेल सिटी पोखरा ,लोक दोहोरी ब्यवसायीसंघ ,कृष्णटोल विकास संस्था ,तल्लो गाउ टोल विकास संस्था ,दुरा समाज कास्कीलाई सम्मान गरिएको अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।
पोखरामा बढ्दो अस्पताल संगै भरपर्दो ल्याव सेवा आवश्यक देखिएकोले विभिन्न क्षत्रका स्वास्थ्य विशेष विशेषज्ञ क्यानसर रोग परिक्षणका लागी सेन्टर स्थापना भई सेवा दिदै आएको सचिव नेत्र ढकालले बताए ।
कार्यक्रममा सम्मानित संस्थाहरुलाई समाज सेवी नरेश कुमार थापा, बरिष्ठ प्राविधिक महेन्द्र के .सी. आकस्मिक रक्तदान समुहका अध्यक्ष हरिश्चन्द्र शर्माले सम्मान गरेका थिए ।
सेन्टरका अध्यक्ष अर्जुन प्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा गोल्डेन सहकारी का पुर्व अध्यक्ष वालकृष्ण वराल , कोषाध्यक्ष सुनिता लम्साल संचालक यशोधरा दुरा लगायतले आ –आफ्नो भनाई राखेका थिए ।