macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माघ ९ देखि घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । घलेम्दी हाइड्रोपावरले माघ ९ देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । लिलामी सेयरमा आवेदन दिन पाउने स्थान

himalayan life insurance
igi long
NTA long ad