stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विदेशबाट आएको ३० दिनपछि मात्रै कोरोना बिमा गर्न पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ९ गते शुक्रबार
काठमाडौ । अब विदेशबाट आएको ३० दिनपछि मात्रै कोरोना बिमा गर्न पााइने भएको छ । बिमा समितिले कोरोना बिमालेख प्रावधान परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि समितिले कोरोना बिमाको लागि थप व्यवस्था गरेको हो ।

खुल्ला सिमानाका काराण विशेषगरी भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमा नाकामा अत्याधिक चाप परेको भन्दै कोरोना बिमालेखको लागि विशेष खालको अन्डर राइटिङ निर्देशन जारी गरिएको समीतिको निर्देशनमा उल्लेख छ ।

समितिको निर्देशनमा भनिएको छ, ‘कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेनटाइमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्रै कोरोना बिमालेख खरिद गर्न सकिने छ ।’

यसआधारमा विदेशबाट आएको ३० दिन हुन्छ । यस्तै, विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

आरडीटी परीक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने बिमा समितिले जनाएको छ ।
गत वैशाख ७ गते देखि सुरु गरेको कोरोना बिमामा १ महिनाको अवधिमा कुल १२ हजार ५७८ बिमालेख मार्फत १ लाख ५९ हजार ९३६ जनाको बिमा भएको समितिले जनाएको छ ।
prabhu mahalaxmi
kumari