stcnepal long ad
ime life insurance
global ime bank long

जेठ ३ गते आइतबार +२ विज्ञानतर्फ ग्लोबल कलेजले पूर्ण छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।ग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्तिको परीक्षा सञ्चालन गर्ने बताएको छ । +2 Science अध्ययन गर्न चाहने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाइने कलेजले जनाएको छ । सो परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तक र परीक्षाको प्रवेश पत्रसमेत कलेज परिसरबाट निःशुल्क उपलब्ध गराइएको कलेजको भनाइ छ ।
GSS Top-25 Merit Scholarship / Entrance Exam नाम दिइएको उक्त योजनामा सहभागी हुन चाहने विद्यार्थीले कलेज प्रशासनमा वा वेभसाइटबाट पनि दरखास्त दिनसक्ने कलेजले जनाएको छ । विज्ञानतर्फ बिहानी तथा दिवा गरी दुई सिफ्टमा कक्षा सञ्चालन भइरहेका छन् ।

छात्रवृत्ति परीक्षा–६०, अन्तर्वार्ता–१० र जिपिए–३० गरी १०० पूर्णाङ्क मानेर उत्कृष्ट २५ जना पूर्ण छात्रवृत्तिका लागि छानिने छन् । परीक्षामा सहभागी भई उत्तीर्ण सबै विद्यार्थीलाई प्रवेश परीक्षा र जिपिएका आधारमा पूर्ण तथा आंशिक छात्रवृत्ति दिइने कलेजले जनाएको छ । कलेजका अनुसार यही जेठ ३ गते आइतबार लिइने छात्रवृत्ति तथा प्रवेश परीक्षाको अन्तिम नतिजा सोही दिन साँझ प्रकाशित हुने छ ।

ग्लोबल स्कुलले १००% पास मात्र होइन, हरेक वर्ष NEB द्वारा लिइने बोर्ड परीक्षामा Nepal Top सहितको उच्च GPA को नतिजा हासिल गर्दै आइरहेको छ । यस कलेजमा भर्ना भएका सम्पूर्ण विद्यार्थीको सत प्रतिशत सफलताको ग्यारेन्टी लिइने छ ।

कलेजले साप्ताहिक रूपमा परीक्षा लिई विद्यार्थीको पढाइको स्तर नियमित चेक गर्दछ । कमजोर नतिजा भएकालाई बिहानदेखि अतिरिक्त कक्षामा पढाउने गर्दछ । परिणामस्वरूप यहाँ भर्ना भइसकेपछि सत प्रतिशत पास गराउने ग्यारेन्टी कलेजले लिएको हो । यो विशेष सुविधा ग्लोबल कलेजमा छ ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा ११ देखि नै Medical / Engineering Entrance Preparation Class सञ्चालन गर्दै आइरहेको छ । परिणामस्वरूप कक्षा १२ उत्तीर्ण गरेका मेधावी विद्यार्थीहरू IOM, IOE, NEET लगायतका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेका छन् ।

यसै वर्ष IOE को प्रवेश परीक्षामा नेपालभरिमा उत्कृष्ट दोस्रो स्थान (All Nepal Rank 2) सहित उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरू पूर्ण छात्रवृत्ति पाई अध्ययनरत छन् । MECEE-BL (MBBS) प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याई IOM लगायत विभिन्न मेडिकल कलेजहरूमा Full Scholarship मा कैयौँ विद्यार्थीहरू अध्ययनरत छन् ।

NEET-UG को प्रवेश परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याई AIIMS मा पढिरहेका छन् । यसका साथै विश्वको World Rank 2 University YALE मा FULL-RIDE Scholarship र ख्यातिप्राप्त विश्वविद्यालयहरूमा Presidential Scholarship लगायत आवासीय सुविधासहितको पूर्ण छात्रवृत्तिमा दर्जनौं विद्यार्थीहरू अध्ययनरत छन् ।

prabhu mahalaxmi
kumari