citizens life insurance long ad

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो।

यो आइपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट कुल ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ५० हजार २५ आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर सदर भएको थियो।

जसअनुसार ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५ हजार ६४० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७० हजार ५५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।को आइपीओ बाँडफाँट

IME Lifesidebar
kumari