citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या ५१६ पुग्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १० गते शनिबार

काठमाडौ । थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ ।

शुक्रवार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ सङ्क्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाराको सिमरौनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

 

gold
himalayan life insurance long ad
kumari bank