stcnepal long ad
global ime bank long

दक्षिण कोरियालाई हराउदै दक्षिण अफ्रिका नकआउट चरणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दक्षिण अफ्रिकाले फिफा विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाउँदै इतिहास रचेको छ । मोन्टेरेमा भएको समूह चरणको खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो ।

खेलको दोस्रो हाफमा थापेलो मासेकोले गरेको एकमात्र गोल निर्णायक बन्यो । यस जितसँगै दक्षिण अफ्रिकाले तालिकामा दोस्रो स्थान हासिल गर्यो भने मेक्सिको शीर्ष स्थानमा रहेको छ । पराजित दक्षिण कोरिया भने उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्ने आशामा निर्भर बनेको छ ।

खेलभरि धेरै रोमाञ्चक क्षण देखिएनन् । दक्षिण अफ्रिकाले रक्षात्मक रणनीति अपनाउँदै प्रतिआक्रमणमा अवसर खोज्यो भने दक्षिण कोरियाले बलमा नियन्त्रण कायम गरे पनि आक्रमणको अन्तिम चरणमा प्रभावकारी प्रदर्शन गर्न सकेन ।

निर्णायक गोल खेलको दोस्रो हाफमा आयो । मासेकोले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिएपछि बायाँ खुट्टाबाट प्रहार गर्दै विपक्षी खेलाडीको खुट्टाबीचबाट बललाई जाली चुमाए ।

यसअघि रंगशालाभित्रका सबैभन्दा उत्साहपूर्ण क्षण भने तटस्थ दर्शकका रूपमा उपस्थित हरियो पोसाकधारी मेक्सिकन समर्थकबाट देखिएको थियो । उनीहरूले चेक गणतन्त्रमाथि आफ्नो टोलीले गरेको गोलको खुसी मनाएका थिए ।

दक्षिण कोरियाले बलमा बढी समय नियन्त्रण राखे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । ओ ह्योन ग्युको  कमजोर हेडर र ली काङ  इनको सुरुआती  प्रहार बाहेक उसले खासै खतरा उत्पन्न गर्न सकेन ।

यता प्रतिआक्रमणमा खतरनाक देखिएको दक्षिण अफ्रिकाले खेलभरि उत्कृष्ट अवसर सिर्जना गर्यो र जितको पूर्ण हकदार बन्यो ।

यसअघि सन् २०१० मा आफ्नै भूमिमा आयोजना गरेको विश्वकपपछि पहिलो पटक प्रतियोगितामा छनोट भएको दक्षिण अफ्रिकाले यसअघिका सबै विश्वकप सहभागितामा समूह चरण तेस्रो स्थानमा समाप्त गरेको थियो । तर यसपटक उसले इतिहास बदल्दै पहिलो पटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

IME Lifesidebar
kumari